६ आश्विन २०८१, आइतबार | September 22, 2024

काँग्रेस सभापति र महामन्त्री दुईतिर



नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर जानुभएको छ । उहाँ बिहान १० बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट विराटनगर जानुभएको हो । टोलीमा काँग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मासहित छ जना छन् ।

यता महामन्त्री गगन थापा पनि आजै पोखरा गएका छन् । उनी बुद्ध एयरको उडानमा बिहान ११ बजे काठमाडौंबाट पोखरा गएका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ४८ बजे