५ आश्विन २०८१, शनिबार | September 21, 2024

ग्रिसको जंगलमा भिषण आगलागी : १९ हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो



काठमाडौं । ग्रिसको एक जंगलमा आगलागी हुँदा १९ हजार स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । थप नागरिकलाई स्थानान्तरण गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

गत मंगलबारदेखि तीव्र गतिको हावासँगै जंगलको आगो फैलिइरहेको छ ।

पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसलाई स्थानान्तरण गरिएको हो । अर्को कोर्फु द्वीपबाट पनि नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको समाचारमा उल्लेख छ ।

ग्रिसको आपतकालीन सेवाले कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिइसकेको छ ।

ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले समयमै प्रभावित क्षेत्रबाट स्थानीयलाई सारिएकाले आगलागीबाट मानवीय क्षति भने नभएको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ३९ बजे