२० मंसिर २०८२, शुक्रबार | December 6, 2025

पहिरोले नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ।

तीन नम्बर पुलमा केही बेर अघि सुख्खा पहिरो खस्दा पुनः राजमार्ग अवरुद्ध भएको हो। माथिबाट खसेको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

यसअघि कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो गएका थियो। ठाउँ ठाउँमा राखिएको मेशिनबाट तत्कालै पहिरो हटाई यातायात सञ्चालन गराउँदै आएको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : १६ बजे