चितवन, साउन-९।
जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न ठाउँबाट हराएका २१ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
काठमाण्डौ, पर्सा, नवलपरासी, कास्की लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएका Samsung, Redmi, Oppo, Vivo, Poco गरी विभिन्न कम्पनीका २१ थान मोवाईलहरु फेला पारी सम्बन्धित धनिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आर्थिक बर्ष २०७९/०८० मा कुल ३४६ थान मोवाईलहरु सम्बन्धित धनिलाई बुझाईएको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ |
प्रतिक्रिया