१२ माघ २०८२, आइतबार | January 25, 2026

आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने आँट गर्नुपर्छ : शेखर कोइराला



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन्।

वीपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा कोइरालाले केन्द्रीय समितिमा खुलारूपमा पार्टीका चुनौतीलगायतका विषयमा छलफल भएको भन्दै बैठकको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताए।

उनले पार्टीको केन्द्रीय समितिभित्रको बैठक प्रत्यक्ष प्रसारण गर्दा आफूलाई असहज लागेको पनि बताए। कोइरालाले चुनावी गठबन्धनको विपक्षमा आफू रहेपनि अहिलको निर्वाचन प्रणालीमा कुनै दलको बहुमत आउन सम्भव नै नरहेकाले गठबन्धनमा जानै पर्ने अवस्था रहेको बताए। उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने आँट गर्नुपर्ने र गठबन्धन गर्नैपरे निर्वाचन पछि मात्रै गर्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : ०८ बजे