६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ



काठमाडौं,१० साउन ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन भित्रिएको घटनामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुरेन्द्र तामाङ रहेका छन् । विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ०६ बजे