६ आश्विन २०८१, आइतबार | September 22, 2024

विमानस्थलका मान्छे र मेशिन सुतेका बेला सुन भित्रिएको हो र? :केपी ओली



बाँकेको नेपालगञ्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा संलग्न आफ्ना मान्छेलाई बचाउन खोजेको आरोप लगाए। सरकारको जानकारीमै सुन तस्करी भएको जिकिर गर्दै ओलीले भने, “एउटा सुई समेत छिर्न नसक्ने विमानस्थलमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ? मान्छे, मेशिन सुतेका वेला त्यो सुन भित्रिएको हो र?”

करीब सय किलो सुन तस्करीमा सत्ताधारी दलका मान्छेलाई जोगाउने र अरूलाई फसाउने खेल भइरहेको उनको आरोप थियो। यतिका दिनसम्म छानबिनमा ढिलाइ हुनुमा पनि उनले शंका गरेका छन्।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब देश हाक्ने पार्टी एमाले नै भएकाले जनप्रतिनिधिले शालिनता अपनाउन निर्देशन दिए। “एमालेबाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ,” ओलीले भने।

उनले अहमता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालिनताका साथ जनताको सेवामा लाग्न आग्रह गरे। अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको उनको भनाइ थियो।

भेलामा एमालेको तर्फबाट लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष सहभागी छन्।
https://www.himalkhabar.com/news/137287

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : २१ बजे