६ आश्विन २०८१, आइतबार | September 22, 2024

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु



नयाँदिल्ली, १३ साउन 
भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ । यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो । मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ ।

बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले एएफपीलाई बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो ।

“उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्,” उहाँले भन्नुभयो ।

भारतमा गर्मी याममा पानी जमेर करेन्ट लाग्ने र यसका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् ।

भारतमा हरेक वर्ष करेन्ट लागेर करिब ११ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।     नयाँदिल्ली, १३ साउन (रासस÷एएफपी) ः
भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ । यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो । मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ ।

बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले एएफपीलाई बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो ।

“उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्,” उहाँले भन्नुभयो ।

भारतमा गर्मी याममा पानी जमेर करेन्ट लाग्ने र यसका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् ।

भारतमा हरेक वर्ष करेन्ट लागेर करिब ११ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ३१ बजे