४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

संसद् अवरोध गरेर समस्याको समाधान हुँदैन : डा. शेखर कोइराला



काठमाडौं, साउन १८

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अवरोध गरिरहेको प्रसंग निकाल्नुहुँदै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताउनुभयो ।

कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गर्नुभयो ।

‘‘अर्कोतिर संसद् चलिरहेको छ, विपक्षी पार्टी एमाले संसद अवरुद्ध गरेर बसिरहेको छ । बोलेर त्यसमा प्रतिपक्षले पनि बोल्नु सुन काण्डकै त इस्यु होला । आफ्ना कुरा राख्नु नयाँ कुरा भए एक्सपोज गर्नु । सत्ता पक्षका साथीहरु पनि बोल्लान् । पक्ष विपक्ष त स्वभाविक हो ।,’’ नेता कोइरालाले भन्नुभयो, ‘‘संसदलाई अवरुद्ध गर्दा राष्ट्रलाई कति क्षति भइरहेको छ, यो कुरा विपक्षी दल नेपाली कांग्रेसले पनि बुझ्न जरुरी छ । एउटा घटना आउँछ, घटना अघि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरु एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन् के गर्छन् थाहा छैन । हिजो अस्ति पनि छलफल भएको छ । के भएको भन्ने माग गर्नुस् । यो कुरालाई उजागर गर्न सक्नुपर्छ ।’’

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १ : ३४ बजे