१ श्रावण २०८२, बुधबार | July 17, 2025

सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो



भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिनुभयो । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो । त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उहाँले बताउनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : ४९ बजे