६ आश्विन २०८१, आइतबार | September 23, 2024

देवघाटमा नुहाउँदै गरेका तीर्थयात्रीलाई नदीले बगायाे



तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी संगममा स्नान गर्नेक्रममा तुलसीपुर नगरपालिका–१२, दाङका ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले शुक्रबार बिहान ७ः१५ बजे नदीमा स्थान गर्नेक्रममा भुसाल बेपत्ता भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, बेपत्ता भुसालको खोजी चलिरहे पनि अवस्था अज्ञात छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : १३ बजे