२८ असार २०८२, शनिबार | July 13, 2025

अदालतले ३ वर्षको जेल सजाय सुनाएपछि पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान गिरफ्तार



पूर्व प्रधानमन्त्री खानलाई शनिबार पाकिस्तानको लाहोरबाट पक्राउ गरिएको हो। उनलाई भ्रष्टाचारको मुद्दामा पक्राउ गरिएको हो।

इस्लामावादको जिल्ला अदालतले उनलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय र एक लाख पाकिस्तानी रुपैयाँ जरिवानको सजाय सुनाएको थियो। उनले सरकारमा हुँदा पाएको उपहार बिक्री गर्दा जानकारी नगराएको आरोप लागेको थियो।

उपहार बिक्री गरेर भ्रष्टाचार गरेको अभियोग लागेको थियो। त्यसमा जिल्ला अदालतले दोषी ठहर गरेको हो।

अदालतले दोषी ठहर गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। खानलाई लाहोरको लखपत कारागारमा लगिएको उनको पार्टी पीटीआईले जनाएको छ।

यसअघि वैशाखमा पनि उनलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो। त्यतिवेला उनका कार्यकर्ताले हुलदंगा मच्चाएका थिए। सैनिक मुख्यालायमा समेत आक्रमण गरेका थिए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ५१ बजे