४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ : वर्षमान वर्षमान



काठमाडाैं – नेकपा (माओवादी) केन्द्रका उपमहासिचव वर्षमान पुनले वर्तमान सरकारले शुरू गरेको भ्रष्टाचार विरोधी अभियानमा सबैले साथ दिनरपर्ने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा शनिवार बोल्दै नेता पुनले दायाँबायाँ नगरी भ्रष्टाचारका प्रकरणको छानबिन गर्नुपर्ने बताएका हुन् । सरकारले राम्रो काम गरिरहेको उनले बताए ।

करिब सय किलो सुन बरामद प्रकरणतर्फ संकेत गर्दै उनले आफूमाथि पनि प्रश्न उठेका भए छानबिनमा सहयोग गर्न तयार रहेको बताए।

‘भ्रष्टाचारविरुद्ध सरकारको अभियान ठीक छ । दायाँबायाँ नगरी, पार्टीभित्र र बाहिरका नभनी छानबिन अगाडि बढाउनु पर्छ,’ बैठकमा उनले भने, ‘मैमाथि प्रश्न उठेको छन् भने पनि सहयोग गर्न तयार छु । छानबिनमा प्रश्न उठ्यो भने सबैले सहयोग गर्नुपर्छ ।’

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : २२ बजे