६ आश्विन २०८१, आइतबार | September 22, 2024

बङ्गलादेशमा चौसट्ठी हजार डेङ्गुका बिरामी



ढाका, २१ साउन 
लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् ।

शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ४९ बजे