१६ जेष्ठ २०८२, बिहिबार | May 30, 2025

लागुऔषध सहित चितवनबाट तीन पक्राउ



चितवनमा लागु औषध (खैरो हिरोइन) सहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा उनीहरुलाई शनिबार भरतपुरबाट पक्राउ गरेको हो।

भरतपुर महानगरपालिका वडा नम्बर-१८ बस्ने बुद्धिबहादुर रानाले आफ्नो घरमा लागु औषध खैरो हिरोइन सेवन तथा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

रानाको कोठा चेकजाँच गर्दा लागु औषध खैरो हिरोइन जस्तो देखिने १ ग्राम ५०० मिली ग्राम र गाँजा जस्तो देखिने पदार्थ २२ ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा राना सहित भरतपुर महानगरपालिका-१८ का २६ वर्षीय प्रकाश मगर, वडा नम्बर १९ का २९ वर्षीय प्रकाश बास्ताकोटी रहेका छन्। उनीहरु स्टिलको प्लेट माथि गाँजा जस्तो पदार्थ राखी चुरोट खिल्लीमा भर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : ३६ बजे