१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

शनिबारदेखि देशैभर ठूलो पानी पर्ने पूर्वानुमान



काठमाडौं– भोलि शनिबारदेखि मनसुन पुनः सक्रिय हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। विभागले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले शनिबारदेखि पुनः ठूलो झरी पर्ने सम्भावना देखिएको हो।

मनसुन सक्रिय हुँदा बाढीपहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत महाशाखाले औंल्याएको छ। मनसुन सक्रिय हुँदा देशभर भारी वर्षा हुन सक्ने भन्दै मौसमविद्ले विशेष पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलामा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक छ। यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ। त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्नेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : ३३ बजे