१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

नेपालकै होची महिला मालतीलाई नागरिकता



सुन्दरहरैँचा, २६ साउन :
मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिनुभएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा हुनुहुन्थ्यो । उहाँको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिनुभएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिनुभएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिनुभयो ।

नगरपालिकाले मासिक रु चार हजार भत्ता दिँदै आएको र उहाँकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : ४९ बजे