१ आश्विन २०८१, मंगलबार | September 18, 2024

सुन तस्करीको तथ्य बाहिर आउने डरले सरकारले सांसद शर्मालाई हत्कडी लगायो : केपी ओली



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।

काँग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकीर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन काँग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको दाबी गरेका हुन्।

नेपाली कला साहित्य डटकमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार आफैँ सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाईदिने चेतावनी दिएको बताए। अध्यक्ष ओलीले भारतले पनि सो सुन प्रकरणबारे गम्भिर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागि परेको बताए।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : १८ बजे