४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

यात्रुवाहक बस इन्धन बोकेको भ्यानसँग ठोक्किँदा पाकिस्तामा २० जनाको मृत्यु



पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

 

आईतवार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो । उद्धारकर्मीहरुले घाईतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । बसमा करिव ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ३५ बजे