६ आश्विन २०८१, आइतबार | September 22, 2024

आत्मसमर्पण गरेको २० मिनेटपछि धरौटिमा रिहा भए ट्रम्प



अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीवार आत्मसमर्पण गर्नुभएको छ ।

आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उहाँले बिहीवार साँझ आत्मसमर्पण गर्नुभएको हो । उहाँ आत्मसमर्पण गरेको २० मिनेटमा धरौटीमा छुट्नुभएको थियो । उहाँलाई पनि अन्य राज्यद्रोहको अभियोग लगाइएकाहरुलाई झैँ ट्रम्पको फिंगरप्रिन्ट फोटो लिइएको थियो । घर फर्किने क्रममा उहाँले आफूले केही पनि गल्ती नगरेको बताउनुभएको थियो । उहाँले २०२४ हुने राष्ट्रपति चुनावका लागि विपक्षीले आफ्नो चुनावी हस्तक्षेप गरेको आरोप लगाउनु भयो । ट्रम्प र अन्य १८ जनालाई अगस्ट २४ मा जर्जियामा सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोपमा अभियोग लगाइएको थियो ।

 

 

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : ५६ बजे