६ आश्विन २०८१, आइतबार | September 22, 2024

ट्रम्पले जर्जिया चुनाव धाँधली मुद्दामा आफूलाई निर्दोष घोषणा गरे



काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया चुनावमा धाँधलीको मुद्दामा निर्दोष रहेको दाबी गर्दै अर्को हप्ता अदालतमा उपस्थित हुनबाट छुट मागेका छन्।

ट्रम्पसहित १९ जनामाथि अमेरिकामा सन् २०२० को चुनावी नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोप लागेको छ ।

गत साता उनले अमेरिकाको एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे, जहाँ उनको खिचेको तस्विर (मगसट) निकै भाइरल भयो ।

तर, अमेरिकी पूर्व राष्ट्रपतिले यो विषयलाई राजनीतिबाट प्रेरित भएको भन्दै आफूले कुनै गलत काम नगरेको बताएका छन् ।

ट्रम्पले बिहीबार अदालतको कागजातमा भने कि उनी अपराधको प्रकृति र अभियोगमा अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझ्दछन्, तर उनी स्वेच्छाले उपस्थिति माफी चाहन्छन्।

यसअघि उनी न्यूयोर्क, फ्लोरिडा र वासिङ्टन डिसीमा यस्तै मुद्दाको सुनुवाइका क्रममा हाजिर भएका थिए ।

यद्यपि ट्रम्प नोभेम्बर २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दौडमा छन्।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ११ : २६ बजे