२ आश्विन २०८१, बुधबार | September 18, 2024

टाइम म्यागेजिनको १०० उदीयमान नेताको सूचीमा बालेन



काठमाडौँ– विश्व प्रतिष्ठित म्यागेजिन ‘टाइम’ले विश्वका १०० उदीयमान नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ।

आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले ‘टाइम १००’ व्यक्तिको सूची तयार पार्ने गरेको छ।

जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह परेका छन् ।

पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई ‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ ।

टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको र उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ।

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ। त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्री सहितका व्यक्तिहरू रहेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १० : ३९ बजे