३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चितवनमा अवैध लागू औषध सहित १ जना पक्राउ



चितवनमा लागुऔषधको ठूलो परिमाण सहित एक जना पक्राऊ परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर-१२ का सुर्य बहादुर कार्की आज (सोमबार) पक्राउ परेका हुन्।

खाजा पसल सञ्चालक कार्कीले लुकाई छिपाई लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनको पसलबाट गाँजा ९४० ग्राम, प्रतिबन्धित औषधी ट्रामाडोल ५ हजार ७ सय ६६ ट्याब्लेट, प्रोमेथ २ हजार ९ सय ३८ ट्याब्लेट, एनार्गन २ हजार ७ सय ३५ ट्याब्लेट बरामद गरेको चितवन प्रहरीले जनाएको छ।

साथै उनको साथबाट १ लाख ६ सय रुपैयाँ फेला परेको थियो। कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : २६ बजे