४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कठारमा स्वच्छ खानेपानी पुर्याउँदै खैरहनी नगरपालिका



चितवन ३ असोज : खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पु¥याएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँका अनुसार साबिक कठार गाविस अहिलेको खैरहनी नगरपालिका–१० र ११ पर्दछ । त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय परिवारले मात्र स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । जीवनपुर खानेपानी आयोजनामार्फत त्यहाँ पानी वितरण हुँदै आएको छ । प्रमुख खनियाँले भन्नुभयो, “यसै आर्थिक वर्षभित्र कठारका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउँदैछौँ ।” सो क्षेत्रमा खानेपानी पु¥याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि वढाउँदैछ ।

अन्य क्षेत्रमा खानेपानीको पहुँच अधिकांश भागमा पुगेको छ । कुनै ठाउँमा छिटपुट नपुगेको भए त्यहाँसमेत खानेपानी पु¥याएर पूरै नगरलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने उहाँले बताउनुभयो । नगरपालिका–१ ज्यामिरेमा केही भागमा खानेपानी पुग्न बाँकी रहेको छ । खानेपानीको पाइप नपुगेका उपशाखाहरुमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरेर पाइपलाइन विस्तार गरी पानी पु¥याइँदै छ ।

कतिपय घरहरुमा मानिस नभएकाले खानेपानी जोड्न बाँकी रहेको छ । नगरभित्र अहिले ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष सबै घरमा खानेपानी पु¥याएपछि हामी विपन्न परिवारलाई लक्षित गरी लिटर तोकेर निःशुल्क गर्नेछौँ ।” नगरभित्र रहेका खानेपानी आयोजनाहरुलाई समन्वय गर्ने गरी एउटा समिति निर्माण गरी खानेपानी वितरणलाई व्यवस्थित गरिँदै छ । नगरपालिकाभित्र खैरहनी, भुतिया, कङ्काली, पटिहानी, सुन्दर, सिद्धिपुर, जीवनपुर लगायतका खानेपानी आयोजना रहेका छन् । तीमध्ये खैरहनी सबैभन्दा ठूलो खानेपानी आयोजना हो । यसले करिब ६ हजार परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ । यसको पूर्ण क्षमता करिब १३ हजार घरपरिवार रहेको छ ।

खैरहनी नगरपालिकामा ६७ हजारभन्दा बढी जनसङ्ख्या रहेका छन् । सो मध्ये ३५ प्रतिशत थारू समुदाय रहेका छन् । पछिल्ला वर्षहरुमा तीव्र विकास भइरहेको नगरमध्येको एक नगरपालिका खैरहनी हो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : १४ बजे