३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’



बेइजिङ, ८ असोज : छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।

केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

 

 

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५४ बजे