८ जेष्ठ २०८२, बुधबार | May 21, 2025

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो?



मुम्बइ। बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै छ। फिल्म रिलिज भएको २३ दिन भैसकेको छ र छिट्टै ६०० करोड क्लबमा सामेल हुन लागेको छ।

 

जवानले पहिलो र दोस्रो हप्तामा बम्पर कमाई गरेको छ, जसका कारण यो छिट्टै ५०० करोड क्लबमा सामेल भएको थियो तर तेस्रो हप्तादेखि जवानको कमाईमा केही कमी आएको छ।

 

यद्यपि, यो सप्ताहन्तमा जवान ६०० करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ। चलचित्रको २३ औं दिनको कलेक्शन सार्वजनिक भएको छ। शाहरुखका जवानले कति कमायो त?

 

जवानले विश्वभर १ हजार करोड रुपैयाँ कमाएको छ। शाहरुख खानलाई विश्वभर निकै रुचाइएको छ। विशेष कुरा के छ भने शाहरुख जवानमा डबल रोलमा देखिएका छन् । यति मात्र होइन, फिल्ममा शाहरुख ५ फरक अवतारमा देखिएका छन्, जसका कारण उनलाई बढी रुचाइएको छ।

 

यो हप्ताको सुरुदेखि नै शाहरुख खानको जवानको सुई एक ठाउँमा अड्किएको छ। जवानले दैनिक करिब ५ करोड रुपैयाँ संकलन गरिरहेका छन्। फिल्मले सोमबार ५.४ करोड, मंगलबार ४.९ करोड, बुधबार ४.८५ करोड, बिहिबार ५.९७ करोड र शुक्रबार ५.२५ करोड कलेक्सन गरेको सकनिल्कको रिपोर्टमा उल्लेख छ। जस पछि कुल संकलन ५८७.१५ करोड भएको छ । फिल्मको कलेक्सन ५ करोडभन्दा माथि जान सकेको छैन।

 

निर्देशक एटलीले जवान बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले जवानमा साउथको मसाला ल्याए, त्यसपछि यो फिल्म ब्लकबस्टर भयो। एट्लीको कामको सबैले प्रशंसा गरिरहेका छन् । यसका साथै दक्षिणमा पनि जवानले धेरै माया पाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : २५ बजे