१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

शिक्षकसँगको सहमति कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने



विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ ।

महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व मात्रै करिब १५ अर्ब १५ करोड रहने खबर नेपाल समाचारपत्रले छापेको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : ४९ बजे