६ आश्विन २०८१, आइतबार | September 22, 2024

धरौटीमा छुटे वनमुद्दा लागेका वडाध्यक्ष ओली



रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओली धरौटीमा रिहा भएका छन् । सल्लाका ३५ वटा रुख काटेको आरोपमा पक्राउ परेका वली १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो । जिल्ला अदालत रुकुमले उनलाई धरौटीमा छाड्ने आदेश गरेलगत्तै उनी तोकिएको धरौटी बुझाएर हिरा भएका हुन् ।

वडाध्यक्ष वलीसहित स्थानीय दिलबहादुर शाह, कुले नेपाली र विशाल केसी पनि धरौटी बुझाएर थुना मुक्त भएका छन् । जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको ३५ वटा सल्लोको रुख फडानी गरेको आरोप वडाध्यक्ष ओलीमाथि लागेको थियो । तर, वडा कार्यालयका कर्मचारी भने छिटो विकास गर्ने वडाध्यक्ष ओलीको चाहनाको कारण उनी फसेको बताउँछन् ।

कर्मचारीका अनुसार चौरजहारी नगरपालिका–११ को टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म बिद्युत लाइन बिस्तार गर्ने कार्य भइरहेको थियो । विद्युत् लाइन विस्तारका लागि वडाध्यक्ष ओलीले सम्बन्धित निकायमा आवश्यक कागजात पेस गरेका पनि थिए । तर, सम्बन्धित निकायहरुबाट अनुमति नआउँदै बन फडानी गर्न आदेश दिएको कारण उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १ : ३३ बजे