७ असार २०८२, शनिबार | June 22, 2025

भरतपुरको सडकमा रोपिएको बिरुवा उखेल्ने महिला पक्राउ



चितवन- भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छन्।

भरतपुर-३ अन्तर्गत सहिदचोक-बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए।

उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो। रासस

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ५२ बजे