११ जेष्ठ २०८२, शनिबार | May 25, 2025

शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्



मुम्बइ। बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई उनको बारेमा हरेक सानो कुरा थाहा छ। तर के तपाईंलाई थाहा छ, रातको २ बजे अन्तिम उनी कससँग फोनमा कुरा गर्छन्?

शाहरुख खान विगत धेरै वर्षदेखि बलिउडमा राज गर्दै आएका छन्। कलाकारले आफ्नो रोमान्टिक स्टाइलले मात्र नभई आफ्नो एक्सनले पनि दर्शकलाई पागल बनाएका छन्। यतिबेला उनी आफ्नो फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन्। फिल्मले केही दिनमै ५ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ। तर यसैबीच हामी तपाईंलाई उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा रोचक कुरा बताउन गइरहेका छौँ। जुन सायद कसैलाई थाहा नहुन सक्छ।

शाहरुख खान राति २ बजे घण्टौंसम्म काेहीसँग कुरा गर्छन्। यसको खुलासा शाहरुख आफैंले एक रेडियो कार्यक्रमबाट गरेका थिए। राति २ बजेको शोमा जब कलाकारलाई उनको पार्टनर को हो ? भनेर सोधिएकाे थियाे। राति निकै कम निन्द्रा लाग्ने बताएका अभिनेताले यस्तो अवस्थामा धेरैजसो मानिसहरू राती फोनमा कुरा गर्छन् र उनीहरूसँग धेरै रात्री साथीहरू हुन्छन्।

तर राति २ बजे उनले छोरी सुहाना खानसँग कुरा गर्छन् किनभने उनी बाहिर पढ्छिन्। ‘त्यसैले मेरो लागि उनीसँग कुरा गर्ने सही समय यही हो किनभने त्यसबेला उनी पनि आफ्नो काम सकेर स्वतन्त्र हुन्छिन्। त्यसैले म हरेक रात सुहानासँग कुरा गर्छु।’

यसका साथै अभिनेताले आफू दिउँसो २ बजेदेखि राति ७ बजेसम्म फोनमा रहने पनि बताएका छन्। ‘पहिले सुहानासँग कुरा गर्छु, त्यसपछि बिहान आफ्नो जेठो छोरा आर्यन खानसँग कुरा गर्छन किनभने उनी पनि बाहिर नै बस्छन्। त्यसैले यो समय कुराकानीका लागि उपयुक्त हुन्छ।’

शाहरुख खान हालै फिल्म ‘जवान’ मा देखिएका थिए। अब अभिनेता खान छिट्टै ‘डिंकी’ मा देखिदैछन्। फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ५९ बजे