६ आश्विन २०८१, आइतबार | September 22, 2024

गायक हेमन्त शर्माले ल्याए ‘निरजाले’



काठमाडौं : गायक हेमन्त शर्माले निरजाले बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतको म्युजिक भिडियो गायक शर्माकै युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो।

गीतमा शर्मासँगै गायिका अस्मिता अधिकारीको पनि स्वर रहेको छ। गीतकार एकनारायण भण्डारीले रचना गरेको सो गीतमा संगीत शर्मा आफैँले भरेका हुन्। गीतमा संगीत संयोजन कृष्ण विकले गरेका हुन् भने मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका छन्।

गीतको म्युजिक भिडियोमा सुनील क्षेत्री र आस्मा विश्वकर्माको नृत्य तथा मुख्य अभिनय रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ४३ बजे