१० माघ २०८२, शुक्रबार | January 23, 2026

अनलाइन बेटिङमा दुरुपयोग हुन थालेपछि ईसेवाको क्यास आउट सेवा बन्द



काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट ईसेवाले क्यास आउट अर्थात् नगद झिक्ने सेवा बन्द गरेको छ । कम्पनीले एपमार्फत एक नोटिफिकेसन पठाउँदै यसको जानकारी दिएको हो ।

यससँगै अब ईसेवाको खातामा रहेको पैसा एजेन्टमार्फत नगद झिक्ने सुविधा अन्त्य भएको छ । “हामी हाम्रा एजेन्टहरू तथा प्रयोगकर्ताहरूलाई ईसेवा खातामा रहेको रकमको सट्टामा नगद सटही (क्याश आउट)” सेवा बन्द भइसकेको ब्यहोरा स्मरण गराउन चाहन्छौं,” कम्पनीको सूचनामा भनिएको छ ।

“पछिल्लो समयमा केही आपराधिक समूहले बैंक, वित्तीय संस्था तथा डिजिटल वालेटका खाताहरूमा अनधिकृत तवरले पहुँच बनाई सो खातामा रहेको रकमलाई ईसेवा एजेन्टमार्फत नगद रकममा सटही गर्ने घटना बढिरहेकाले यस प्रकारको कार्यमा संलग्न नहुन तथा नगराउन अनुरोध गर्दछौं ।”

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : २५ बजे