१२ जेष्ठ २०८२, आइतबार | May 26, 2025

विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी



भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।

मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो ।

वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मङ्गलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ ।

प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ३ : २१ बजे