एजेन्सी। मधुमेहका रोगहरूलाई एकदमै सोचविचार गरेर नै खानेकुराहरू खानुपर्ने हुन्छ । उनीहरूलाई आफ्नो खानपानमा एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ ।
यस्तोमा उनीहरू सबैखाले फलफूललाई पनि आफ्नो खानपानमा समावेश गर्न सक्दैनन् । त्यसैले, कतिपय अवस्थामा के खाने के नखाने थाहा नहुन पनि सक्छ । यस्तोमा हामी आज विशेषज्ञको सल्लाहअनुसार बताउनेछौं मधुमेहका बिरामीले ढुक्कसँग खान सकिने फलफूलका बारेमा ।
अंगुरजस्तो स्वादिष्ट तथा मिठो फलबाट टाढा रहनु पर्दैन । मध्यम साइजको अंगुरमा मात्र ९ ग्राम चिनी हुन्छ । त्यसैले, यसलाई मधुमेहका रोगीहरूले पनि सीमित मात्रामा खान सकिन्छ ।
सुन्तला
सुन्तलामा पनि भिटामिन ‘सी’ भरपुर मात्रामा हुन्छ । यो रसिलो फललाई मधुमेहका बिरामीहरूले निर्धक्क खान सक्छन् । किनकि, एउटा सुन्तलामा मात्र १२ ग्राम चिनी हुन्छ र ७० ग्राम क्यालोरी हुन्छ ।
कीवी
किवी पनि भिटामिन ‘सी’ले भरपूर हुन्छ । यसमा चिनीको मात्रा एकदमै कम हुन्छ । त्यसैले यसलाई मधुमेह भएका व्यक्तिले पनि खान सक्छन् ।
नासपती
नासपतीलाई पनि फाइबरको राम्रो स्रोत मानिन्छ । यसलाई खानाले लामो समय पेट भरिएको महसुस हुन्छ । यसको सेवन गरेर रगतमा चिनीको मात्रालाई नियन्त्रण पनि गर्न सकिन्छ ।
जामुन
मधुमेहका रोगीहरूका लागि जामुन पनि एकदमै राम्रो फल मानिन्छ । यो फलका साथै यसको डाँठ पनि एकदमै फलदायी हुन्छ ।
आरु
आरुको स्वाद पनि एकदमै मिठो हुन्छ । यसलाई त झन् हेरेरै खान मन लागिहाल्छ । आरुमा मात्र १३ ग्राम चिनी हुन्छ । यसलाई पनि मधुमेहको समस्यामा खान सकिन्छ ।
प्रतिक्रिया