३ आश्विन २०८१, बिहिबार | September 19, 2024

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार



इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उहाँ इरानको जेलमा हुनुहुन्छ ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उहाँलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ३१ बजे