३१ भाद्र २०८१, सोमबार | September 16, 2024

इजरायल-हमास द्वन्द्वमा अर्को अतिवादी संगठन हिज्बुल्लाहको प्रवेश



काठमाडौं । इजरायलको माउन्ट डोभमा भएको आक्रमणको जिम्मेवारी लेबनानमा रहेको हिजबुल्लाहले लिएको छ ।

माउन्ट डोभ इजरायल, लेबनान र सिरिया बीचको विवादित क्षेत्र हो।

इरान समर्थित चरमपन्थी संगठन हिजबुल्लाहले प्यालेस्टिनीहरूको प्रतिरोधको समर्थनमा यो हमला गरेको बताएको छ।

इजरायली सेनाले हिजबुल्लाहको यो आक्रमणको जवाफ दिएको छ ।

इजरायलले जबलपुर क्षेत्रमा रहेको हिजबुल्लाहको स्थानमा ड्रोनबाट आक्रमण गरेको छ । यसअघि इजरायलले लेबनानी क्षेत्रमा मोर्टार आक्रमण गरेको खबर आएको थियो ।

२००६ मा, हिजबुल्लाह र इजरायल बीच यस क्षेत्रमा द्वन्द्व भएको थियो।

तर, त्यसपछि यहाँ शान्ति थियो । तर हिजबुल्लाहको आक्रमण र इजरायलको जवाफी कारबाहीका कारण यहाँ तनाव फेरि बढेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३२ बजे