३१ भाद्र २०८१, सोमबार | September 16, 2024

रेनु दाहालको एकलौटी शासन भन्दै काँग्रेसका प्रतिनिधिले गरे भरतपुर महानगरको कार्यपालिका बैठक बहिष्कार



चितवन, असोज २६ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एकलौटी रूपमा काम गरेको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिले कार्यपालिकाको बैठक बहिष्कार गरेको छ ।

 

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउने तयारी गर्दा कार्यपालिकामा समन्वय नगरेको, महानगरको भन्दा व्यक्तिगत रूपमा मनाउन लागिएको जसरी प्रचार गरेको समन्वय नगरेको भन्दै बहिष्कार गरेको जनाएको छ ।

 

विगतमा भएको सहमति कार्यान्वयन नगरेको, काँग्रेसका प्रतिनिधिलाई निषेध गरिएको, समन्वय नगरी काम गरेको भन्दै बहिष्कार गरेको कार्यपालिका सदस्य तथा वडा नं. १० का अध्यक्ष परमेश्वर खनालले जानकारी दिनुभयो । महानगरपालिकामा उपमेयर चित्रसेन अधिकारीसहित काँग्रेसबाट विजयी भएका कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ११ : २३ बजे