महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ। नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो। ‘शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ। यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ।
पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ। यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ। महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन।
महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ। २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन। शुरु देखि जस्तो भइरहेको छ। अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो। यसैगरी तीन चार दिनको तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ। अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ। यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ। तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ। त्यस्तै समय–समयमा थाइराइड जचाइ राख्ने एवम् डाक्टरको परामर्श लिइरहने गर्नुपर्छ।
प्रतिक्रिया