४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विश्वकै सबैभन्दा ठूलो घण्टि झुण्ड्याउने क्रममा दुर्घटना, दुई जनाको मृत्यु



काठमाडौं । भारतको राजस्थान राज्यको कोटाको प्रसिद्ध रिभर फ्रन्टमा जडान गर्नको लागि मोल्डबाट ७९ टनको घण्ट निकाल्ने क्रममा दुर्घटना भएको छ ।

ढाँचाबाट निकाल्ने क्रममा आइतबार दुर्घटना भएको हो । यस दुर्घटनामा डिजाइन गर्ने इन्जिनियर देवेन्द्रकुमार आर्य र एक मजदुरको मृत्यु भएको छ ।

यो घण्टलाई संसारकै सबैभन्दा ठूलो घण्ट भएको दाबी गरिएको छ । यो घण्टको आवाज ८ किलोमिटर टाढासम्म पुग्ने दाबी गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ३४ बजे