७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

कस्तो रहला आजको मौसम ?



काठमाडौं- देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ। जसका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। देशभर नै तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : ०१ बजे