३० माघ २०८१, बुधबार | February 13, 2025

नेपाल वेयरहाउजिङ्गको आइपिओ बाँडफाँट



काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

मङ्सिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको थियो।

पौने १३ लाख परेका आवेदनमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका थिए। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत आइपिओ बाँडफाँट गरिएको छ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ४४ बजे