६ आश्विन २०८१, आइतबार | September 22, 2024

सलमान खानसँग मुख्यमन्त्री ममताको नृत्य



एजेन्सी । भारतको कोलकातामा वर्षको सबैभन्दा उत्साहित समय शुरु भइसकेको छ । कोलकाता इन्टरनेशनल फिल्म फेस्टिवल २०२३ को पर्खाई धेरैलाई हरेक वर्ष हुन्छ । यसको सुरुआत पाँच डिसेम्बरमा भइसकेको छ ।

फिल्म फेस्टिवलको उद्घाटन समारोहमा सलमान खान, महेश भट्ट, अनिल कपूर, सोनाक्षी सिन्हा र शत्रुधन सिन्हा जस्ता कलाकार पुगेका थिए । यसक्रममा सलमान खानलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग नृत्य गरेको देखियो ।

उद्घाटन समारोहमा सलमान खान र ममता बनर्जीको एउटा भिडियो आएको छ । जसमा उनीहरुलाई स्टेजमा उभिएको देख्न सकिन्छ । सलमान, मुख्यमन्त्री ममतासँग नृत्य गर्न आग्रह गर्छन् । उनी पहिला त नृत्य गर्न मान्दिनन् तर पछि महेश भट्टले उनलाई उठाइहाल्छन् । सबै कलाकार मिलेर नृत्य गर्छन् । यस्तोमा सलमान खान ममता एकसाथ नाँचेको देखिन्छन् । दुबैको भिडियो एकदमै राम्रो देखिएको छ ।

कोलकाता इन्टरनेशनल फिल्म फेस्टिवल २०२३ डिसेम्बर ५ देखि १२ सम्म चल्नेछ । यसमा भारतदेखि रोमानिया, मेक्सिको, जर्मनी, फ्रान्स सहित बंगलादेश र कजाकिस्तानका फिल्महरु पनि देखाइनेछन् । यस फिल्म फेस्टिवलको उद्घाटन समारोहमा सलमान खान कालो पैन्ट शुट मा देखिएका थिए । उनले नृत्य गर्ने क्रममा चर्चित दबंगको स्टेप पनि गरेका थिए । यसमा उनलाई सोनाक्षी सिन्हाले साथ दिएकी थिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १० : १६ बजे