३१ भाद्र २०८१, सोमबार | September 16, 2024

बरहथवामा मृत्यु भएका युवाको शव ३ दिनसम्म पनि घटनास्थलमै



सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका युवा ३० वर्षीय जयशंकर साहको शव आइवार तेस्रो दिन पनि उठेको छैन ।

विरोध प्रदर्शनका क्रममा शुक्रवार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोध प्रदर्शनमा बरहथवा नगरपालिका–६ का साहको मृत्यु भएको हो

दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन नदिएका हुन् ।

आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले शुक्रवार बेलुका ५ः३० देखि शनिबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पछि आइतवार बिहानसम्मका लागि थपेको थियो ।

शनिवार गृह मन्त्रालयले घटना छानबिनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

तर यसपछि पनि स्थानीय सन्तुष्ट भएका छैनन् । मृतकको शव उठाउन दिएका छैनन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : ०४ बजे