३० भाद्र २०८१, आइतबार | September 15, 2024

शाहरुख खानपछि कीर्तिले पाइन साउदीमा ‘गोल्डेन भिजा’



एजेन्सी । बलिउड अभिनेत्री कृति सेननलाई यूएई सरकारले ‘गोल्डेन भिजा’ प्रदान गरेको छ ।

शाहरुख खानपछि अब कृति सेननको नाम पनि यस किताबमा दर्जा भएको छ । यसअघि बलिउडका कैयौं अन्य कलाकारहरुलाई पनि यो भिजा दिइसकिएको छ ।

सन् २०१९ मा कृति सेननले गोल्डेन भिजाको प्रक्रिया शुरु गरेका थिइन् । अहिले उनले यो भिजा पाइसकेकी छन् । यो भिजा प्राप्त भएपछि यहाँ पढाई, व्यापार तथा लामो समयसम्म रहने योजना बनाउन सकिन्छ ।

साउदी अरबको सरकारले यसअघि शाहरुख खान, संजय दत्त, सानिया मिर्जा, बोनी कपूर, वरुण धवन, रणवीर सिंह, कमल हसन, मोहनलाल, दलकीर सलमान, मौनी रोय, उर्वशी रौतेला, सुनील शेट्टी, नेहा कक्कड, फराह खान, सोनू सुद र अमाला पोललाई गोल्डेन भिजा दिइसकेको छ ।

अभिनेत्री कृति सेननले १० वर्षमा आफ्नो राम्रो करिअर निर्माण गरिसकेकी छन् । दक्षिण भारतीय सिनेमाबाट शुरु भएको उनको फिल्मी करिअरले उचाई हासिल गरिसकेको छ । अघिल्लो वर्ष कृतिलाई उनको फिल्म ‘मिमी’ का लागि राष्ट्रिय सम्मानबाट सम्मानित गरिसकिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ४६ बजे