२ आश्विन २०८१, बुधबार | September 18, 2024

आजदेखि सिनेमा हलमा ‘एनिमल’, नेपालका अधिकांश शाेज हाउसफुल



काठमाडौं । बलिउड सिनेमा ‘एनिमल’ आजबाट रिलिज भएको छ । भारतसहित विश्वभर एकसाथ ‘एनिमल’ शुक्रबारबाट रिलिज भएको हो ।

भारतसहित हिन्दी सिनेमा रिलिज हुने देशमा लोभलाग्दो हाइप बनाएको चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित भएको छ ।

आज देशभरका अधिकांश हलका शोज बिहानै हाउसफुल भएका छन् ।

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ११ : २४ बजे