२ आश्विन २०८१, बुधबार | September 18, 2024

४०० करोडको दौडमा फिल्म एनिमल



मुम्बई । बलिउड अभिनेता रणबीर कपुरको लागि यो समय फिल्म करियरको उत्कृष्ट समय सावित भएको छ । उनले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘एनिमल’ ले एक पछि अर्को व्यबसायिक कितीमानी बनाईरहेको छ । यो फिल्मले पाँच दिनमा २८४ करोडको व्यापार घरेलु बक्स अफिसमा गरेको छ ।

प्राय फिल्महरु रिलिज भएको चौथ दिनबाट व्यापार घट्ने गर्दछ । तर चलचित्र एनिमलको पाँचौं दिनसम्म आईपुग्दा पनि व्यापार निकै राम्रो छ ।

यो फिल्मले मंगलबार भारतमा ३७.८२ करोडको व्यापार गरेको छ । यो भनेको थुप्रै भारतीय फिल्मको पहिलो दिनको भन्दा निकै राम्रो व्यापार हो । फिल्म एनिमलले चौथो दिन सोमबार भारतमा ४४.४७ करोड कमाएको थियो । आफ्नो फिल्मको व्यापार देखेर निर्देशक सन्दीप रेड्डी पनि अहिले छक्क परेका छन् ।

सलमान खानको पछिल्लो फिल्म टाईगर ३ ले पुरा प्रदर्शन अवधिभरी कमाएको पैसा रणबीरको एनिमलले पाँच दिनमै कमाएको छ । फिल्म एनिमलले बिहिबारसम्म ३०० करोड भन्दा बढीको व्यापार भारतबाट गर्ने वितरकहरुले बताएका छन् । यो फिल्मको व्यापार यही रफ्तारमा गएको खण्डमा फिल्म पठानको व्याबसायिक सफलतालाई फिल्म एनिमलले टक्कर दिने पनि वितरकहरुको कथन छ । फिल्म एनिमलले यसपटक ४०० करोड भन्दा बढी रकम भारतबाट सँकलन गर्ने दाबीसम्बन्धि फिल्मका निर्माता तथा वितरकको रहेको छ ।

पाँच दिनमा २८४.०५ करोडको व्यापार गरेको एनिमलले पहिलो दिनमा ६३ करोडको व्यापार भारतमा गरेको थियो । छोटो समयमा सर्वाधिक व्यापार गर्ने पछिल्लो भारतीय फिल्महरु जवान, पठान र गदर २ को सुचीमा फिल्म एनिमल पनि परेको छ । ओटिटी प्लेटफर्मका कारण दर्शकहरु हलसम्म जान छाडेभन्ने आरोप लागिरहेको बेला पछिल्ला फिल्महरुको सो आरोपलाई खण्डन गर्दै दर्शकलाई हलसम्म तानेको छ । यो दौडमा फिल्म एनिमल पनि पूर्ण सफल भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  २ : ४६ बजे