५ आश्विन २०८१, शनिबार | September 21, 2024

अग्रिम टिकट बुकिङमा ‘सलार’ ले ‘डंकी’ लाई उछिन्यो



दुई भारतीय फिल्म ‘डंकी’ र ‘सलार’ क्रमशः बिहीबार र शुक्रबार रिलिज हुँदैछन्। शाहरुख खान र प्रभास अभिनित यी फिल्म दुई फिल्मबीच टक्कर पर्ने देखिएको छ।

यी दुवै फिल्मको एड्भान्स टिकट बिक्री पनि सुरु गरिसकेका छन्। फिल्म  ‘डंकी’ ले एड्भान्स टिकट बिक्रीमा आक्रमक सुरुवात गरेको थियो। तर अब भने एड्भान्स टिकट बिक्रीमा सालारले  ‘डंकी’लाई उछिनेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार  ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई २.४ करोड भारुभन्दा बढी पछि पारेको छ।

अहिलेसम्म एडभान्स बुकिङबाट सालारले १२ करोड ६७ लाख भारु कमाएको छ। ६ हजार ४३९ शोजका लागि फिल्मको ५ लाख ७७ हजार ४०६ ओटा टिकट बिकेको छ। अर्कोतर्फ १२ हजार ६०८ शोजका लागि डंकीको ३ लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ। डंकीको एडभान्स बुकिङ १० करोड २६ लाख भारु छ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  २ : ५३ बजे