६ आश्विन २०८१, आइतबार | September 22, 2024

आन्ध्र प्रदेश र अमेरिकामा सालारको टिकट सबैभन्दा बढी बिक्री



मुम्बई । आज रिलिज भएको बलिउडको चलचित्र सालारको ओपनिङ धमाकेदार हुने भएको छ । लामो समयदेखि शाहरुख खानको हिजो रिलिज भएको डंकी र प्रभासको सालारबीच चर्चा चलिरहेको थियो ।

जसको असर डंकी र सालारको अग्रिम बुकिङमा पनि देखिएको छ । तर अग्रिम बुकिङको मामिलामा प्रभासको सालारले शाहरुख खानको डंकीलाई धेरै पछाडि छोडेको छ ।

रिलिजको एक दिन अघि सालारले अग्रिम बुकिङले हलचल मचाएको थियो । प्रभासका फ्यानहरूले फिल्मलाई उत्साहका साथ स्वीकार गरिरहेका छन् । अवस्था यस्तो छ कि फिल्मको अग्रिम बुकिङ ३० लाख नाघेको छ ।

सेलिब्रेटी फोटोग्राफर वुम्प्लाले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामार्फत सालारको एक दिनको अग्रिम बुकिङको जानकारी दिएका छन् । फोटोग्राफरका अनुसार भारतभर सालारको ३०.२५ लाख टिकट बिक्री भइसकेको छ ।

यो हो फिल्म रिलिज हुनुभन्दा एक दिन अघिसम्मको तथ्यांक हो । जसअनुसार आन्ध्र प्रदेशमा सालारको अधिकतम १३.२५ लाख टिकट बुक गरिएको छ। जबकि सम्पूर्ण उत्तर भारतमा मात्र ५.२५ लाख टिकट बुक गरिएको छ।

भारतमा मात्रै होइन, अमेरिकामा पनि अग्रिम बुकिङमा प्रभासको फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

उल्लेखनीय छ कि उत्तर भारतका धेरै ठाउँमा सालार रिलिज भएको छैन। यस्तो अवस्थामा निर्माताहरूले सालारलाई दक्षिण भारतका सबै पीभीआर आइनक्स र मिराज सिनेमामा रिलिज नगर्ने निर्णय गरेका छन् ।

सालार २०२३ संयुक्त राज्य अमेरिकामा अहिलेसम्मको कुनै पनि भारतीय फिल्मको सबैभन्दा धेरै अग्रिम बुकिङ भएको फिल्म बनेको छ।

चलचित्र समीक्षक मनोबाला विजयबालनले यसबारे जानकारी दिँदै प्रिमियरको कुल कमाई १,५०६,५३२ अमेरिकन डलर अर्थात् १२.५२ करोड भारु रहेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : ४३ बजे