६ आश्विन २०८१, आइतबार | September 22, 2024

आफ्नै पैसामा फिल्म खेल्दै स्वस्तिमा, निश्चल पनि लिड रोलमा देखिने



नायिका स्वस्तिमा खड्का फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्दै छिन् । आकाश बरालको निर्देशनमा बन्न लागेको फिल्मको लिड रेलमा उनीसँगै उनका श्रीमान् निश्चल बस्नेत देखिँदै छन् ।

फिल्मको अभिनयको लागि प्रस्ताव आएको र कथा मन परेकाले लगानी गर्ने प्रस्ताव गरेको उनले बताउने गरेकी छिन् ।

ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा फिल्म निर्माण हुदैँछ । निश्चलको धेरैजसो फिल्म पनि यही ब्यानरमा निर्माण हुने गरेको छ । दशक लामो अभिनय यात्राबाट एक हिसाबको मोनोटोनस भएपछि भूमिका परिवर्तन गर्न लागेको उनी बताउँछिन् ।

फिल्म ‘होस्टेल रिटन्र्स’ बाट रजतपटमा डेब्यू गरेकी स्वस्तिमाको ‘दिमाग खराब’सम्म आइपुग्दा फिल्मी करिअर भने खराब भएको छैन ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : १६ बजे