मैत्रीपूर्ण फूटबल खेलमा चिनियाँ टोलीमाथि नेपाली राष्ट्रिय यू–२३ टोलीले फराकिलो जीत निकालेको छ ।
काठमाडौंको दशरथ रंगशालामा शनिवार भएको खेलमा घरेलु टोली नेपालले चीनको प्रान्तीय यू–२३ टोली छिङ हाई युसमाथि ५–१ गोल अन्तरको फराकिलो जीत निकालेको हो ।
नेपाली टोलीका लागि समीर तामाङले २ गोल गरे ।
यस्तै सञ्जीव विष्ट, छिरिङ लामा र नीराजन धामीले पनि १–१ गोल थपेका हुन् ।
चीनका तर्फबाट झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काए ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो मैत्रीपूर्ण खेल भएको हो । चीनको कुनै पनि फूटबल टोली २९ वर्षपछि पहिलोपटक नेपाल आएर खेलेको हो ।
नेपालको युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडी समावेश थिए ।
जसमा कप्तान मनीष डाँगी, आयुष घलान, लकेन लिम्बू, उत्सव राई र सञ्जीव विष्ट छन् ।
प्रतिक्रिया